Literature
गुनराज, तिम्रो कोसिश निकै सर्हानिय छ स्विकार्छु !!
पाइला चाल्दै गर अगाडी बढ, पुगिन्छ गन्तब्यमा
अल्छी नभै मेहनत मा भर पर , पुगिन्छ गन्तब्यमा !!
ब्यथा पोख्न,मायाको बिउ रोप्न अनि दुख:सुख जोख्न पनि
गजल लेख्ने कोसिश गर , पुगिन्छ गन्तब्य मा !!
सजिलो छैन जिबन को अर्थ खोज्न अनि जिन्दगीको पाठ घोक्न पनि
गजलको खेत मा बिउ छर , पुगिन्छ गन्तब्यमा !!
जानिन्छ रदिफ, काफिया अनि तखल्लुस पनि
भन्ने गर गजल मा के गाह्रो छर ? पुगिन्छ गन्तब्यमा !!
Comments
Post a Comment